काभ्रेपलाञ्चोकमा पुनः निर्माणको काम करिब १० प्रतिशत

काभ्रेपलाञ्चोकमा पुनः निर्माणको काम करिब १० प्रतिशत

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बनेपा, २२ जेठ ।

काभ्रेपलाञ्चोकमा अहिलेसम्म पुनः निर्माणको काम करिब १० प्रतिशतको हाराहारीमा भएको छ ।

अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३०० घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिनुभयो ।

जिल्लामा भुक्तानीका लागि सिफारिस भएका लाभग्राहीको सङ्ख्या ६३ हजार ५९६ रहेको छ ।

उहाँले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुनःनिर्मााणको काम तीव्र भएकाले पुनः निर्माण भएको घर सङ्ख्या केही दिनमा नै बढ्ने उल्लेख गर्दै इन्जिनियर प्रमाणीकरणका लागि घर घरमा गइरहेको बताउनुभयो ।

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितमध्ये ६१ हजार २२२ जनाले नेपाल सरकारबाट प्रथम किस्ता बापतको रकम पाएका छन् भने विभिन्न गैरसरकारी संस्थाबाट दुई हजार ३७४ जनाले प्रथम किस्ता बापतको रकम बुझेका छन् ।

त्यस्तै, दोस्रो किस्ता पाउनेको सङ्ख्या दुई हजार ३७ नेपाल सरकारबाट र विभिन्न गैरसरकारी संस्थाबाट २४४ जनाले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी