नेपालमा मनसुन सामान्यभन्दा चाँडै , अझै दुई दिन बर्षा हुने

नेपालमा मनसुन सामान्यभन्दा चाँडै , अझै दुई दिन बर्षा हुने

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौँ, २२ जेठ । मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष मनसुन चाँडै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएकोे मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गरे पनि यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको उहाँले बताउनु भयो ।

दक्षिण एसियामा, मनसुन बङ्गालको खाडी हुँदै उत्तर पूर्व्तिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बङ्गालको खाडीमा तथा बङ्गालादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।

पूर्व मनसुन र मनसुनको सङ्घारमा रहेकाले नेपालमा अहिले बदलीसँगै वर्षात् गराएको मौसमविद् रिमालको भनाइ छ ।

देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले आज अपरान्ह पनि उपत्यका सहित मुलुकका बिभिन्न स्थानमा बर्ष भएको थियो । भोली मङ्गलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने र देशका धेरै स्थानमा बदली रहने मौसमविद् रिमालले बताउनुभयो ।

यसैबीच वर्षात् गराउने प्रणाली विकसित नहुँदा राजधानी उपत्यकासहित मुलुकभर अत्यधिक तापक्रम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार उपत्यकामा आइतबार यो वर्षकै बढी तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । तापक्रम बढेपछि वर्षकै बढी गर्मी महसुस गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ८ः४५ मा राखेको विवरणअनुसार काठमाडौँको अधिकतम तापक्रम ३२ र न्यूनतम २१ डिग्री सेल्सियस रहेको छ । देशका अधिकांश भेगमा बदली भएकाले आजको तापक्रम २९ देखि ३० को हाराहारीमा पुग्ने अनुमान महाशाखाको छ ।

अहिले पूर्वी पहाडी र मध्यका उपत्यकासहितका क्षेत्रमा वर्षात् भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ