अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कञ्चनपुर, २२ जेठ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।

गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रुपराम तिरुवाका अनुसार वार्षिक अधिकतम ५० दिन हिउँदे, बर्खे र स्थानीय बिदाबाट मिलान हुने गरी जेठ २३ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरिएकोे छ ।

बैठकमा जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, विद्यार्थी सङ्गठनका प्रतिनिधि, शिक्षक सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी