कविता-यात्रा जिन्दगीको

कविता-यात्रा जिन्दगीको

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

– नानीमैँया तामाङ

म आकाश हेरिरहेछु
अनि ती अनगिन्ती
ताराहरू गनिरहेछ
अन्धकार निपट्ट रातमा
उदायका ती लाखौँ मधुरा ताराहरू
जस्तै उज्यालो छर्ने
प्रयन्त गरिरहेछु
म एकनासले हेरिरहेछु ।
यो स्र्वाङ्ग धर्तीबाट
त्यो कोसौँ टाढा रहेको
फराकिलो आकाशतिर
यो अन्धकार रातमा
अनि सोचिरहेछु
मेरो अनिश्चित
भविष्यको बारेमा
एकोहोरिएर
चकमन्न सुनसान छ
संसार निदाएको छ
भोलिको सुनौलो
भविष्यको झिनो
आसमा एक स्वप्निल निदमा
म सपना देखिरहेछु
स्वर्णिम भविष्यको
अभिभारा काँधमा
बोकेर हिँडिरहेछु
अनन्त यात्रामा ।।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी