पाँच अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

पाँच अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने

  • आइतवार, जेष्ठ २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २१ जेठ । नेपालमा पाँच अर्बसम्मको विदेशी लगानी उद्योग विभागबाट स्वीकृत हुने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा रु दुई अर्ब स्थिर पुँजी भएको उद्योगको स्वीकृतिका लागि दर्ता गर्न सो विभाग तथा लगानी प्रवद्र्धन बोर्डमा जानुपर्ने व्यवस्थालाई परिमार्जन गरी रु पाँच अर्बसम्मका उद्योगलाई विभागबाटै स्वीकृत हुने व्यवस्था गरेको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज मन्त्रालयमा आयोजना गरेको पत्रकारसम्मेलनमा लामो समयदेखि अड्केर बसेको विदेशी लगानीसम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद्ले पारित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विधेयक पारित भएसँगै विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनेको छ ।”

मन्त्री जोशीले विदेशी लगानीकर्ताका लागि व्यापक सुविधा दिएर विधेयक ल्याइएको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रहसमेत गर्नुभयो । मन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ लाई खारेज गरेको बताउँदै नयाँ बनेको विधेयक नेपालमा विदेशी लगानी भित्र्याउने काममा सकारात्मक रहेको बताउनुभयो ।

यो विधेयक संसद्बाट पारित भएसँगै विश्वव्यापी रुपमा प्रचलित व्यवस्थामा यो ऐन हिँड्ने विश्वास मन्त्री जोशीले गर्नुभयो । उहाँले कुन लगानीकर्ताले कति लगानी गर्ने भन्नेबारे नियमावलीमा समावेश गरिने उल्लेख गर्नुभयो । विधेयकमा विदेशी लगानीकर्तालाई परिचयपत्रको व्यवस्था मिलाउने र राम्रो काम गर्नेलाई पुरस्कार र सम्मान गरिने उल्लेख छ ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले यो विधेयक पारित भएसँगै वैदेशिक लगानी नेपालमा बढ्ने र धेरै युवाले रोजगार पाउने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी