सेयर बजारमा यस साता दुई अर्ब बढीको कारोबार

सेयर बजारमा यस साता दुई अर्ब बढीको कारोबार

  • शनिबार, जेष्ठ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २० जेठ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ६०४ दशमलव ३१ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ९४ अङ्कले घटेर ३४० दशमलव ३४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १७ करोड ९२ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकका दुई लाख ४७ हजार कित्ता सेयर कारोबार भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी