ईजाजतबीना नेपाल आएका भारतीय प्रहरीलाई बिना कारबाही गुपचुप बुझाइयो

ईजाजतबीना नेपाल आएका भारतीय प्रहरीलाई बिना कारबाही गुपचुप बुझाइयो

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

डोटी,जेष्ठ १९ । ईजाजत बिना नेपाल प्रवेश गर्दा डोटीमा पक्राउ परेका भारतीय प्रहरीलाई कारबाहि नै नगरी गुपचुप रुपमा बुझाईएको छ ।

कञ्चनपुरको सिमापारी बनबासामा लगेर भारतीय सुरक्षाकर्मी समक्ष उनीहरुलाई बुझाईएको महाकाली अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी सुशिल भण्डारीले पुष्टि गर्नुभएको छ ।

उहाँले भारतीय प्रहरीका डिएसपी नागराज सहितका ५ जनालाई बुझाईएको जानकारी प्राप्त भएको तर थप बिबरण थाहा नभएको बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी डिल्लीराज विष्टले आफैं स्कटिङ्ग गरेर सीमानाका कटाउन कञ्चनपुरमा रातारात लगिएकाे थियाे ।

एक नेपाली लालबहादुर आउजीलाई अपहरण शैलीमा लैजाँदै गर्दा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटी नजिकबाट बुधबार राति पक्राउ गरिएको थियो । पक्राउ परेकालाई कुनै कारबाही नगरी गुपचुप रुपमा बुझाइएको हो ।

पक्राउ परेका भारतीय प्रहरीले एक ट्राभल एजेन्सीबाट स्कोरपियो गाडी भाडामा लिएर दिपायल सिलगढी नगरपालिका ८ का लडागडाका लालबहादुर आउजीलाई पक्राउ गगरी लिएर जाँदै थिए । लुटपाट गरी नेपाल आएको आरोपमा आउजीलाई खोज्दै भारतीय प्रहरी टोली नेपाल आएको बताइएको छ । आउजीलाई भने मुक्त गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ