नेपाली लैजान आएका पाँच भारतीय प्रहरी डोटीमा पक्राउ

नेपाली लैजान आएका पाँच भारतीय प्रहरी डोटीमा पक्राउ

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

डोटी ,१९ जेठ ।

डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधरबार राती पक्राउ गरेको छ । भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा आएको दुई जना नेपाली सहितका सात जनाको टोली, आउजीलाई गाडिमा हालेर लैजाने क्रममा डोटीमै पक्राउ परेको हो ।
डिएसपी नागराज सहितका पाँच जना सुरक्षाकर्मी नेपाल प्रहरीसँग समुन्वय नै नगरी, नेपालीलाई लैजान थालेकोे खबर आएपछि उनीहरुलाई नियन्त्रणमा लिईएको सुदूरपश्चिम क्षेत्रका डिआईजी रोमीन्द्र देउजाले बताउनुभयो । उहाँले, यो दुई देशबीचको मामिला भएकाले यसबारेमा धेरै भन्न नमिल्ने बताउनुभयो ।
डिआईजी देउजाले भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई, भारतमा रहेका उनकै दुई जना साथीहरुहरुको सहयोगमा भारतीय प्रहरी डोटी पुगेको बताउनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ भने भारतीय प्रहरीका उच्च अधिकारीहरुको रहोबरमा छोडिने डिआईजी देउजाले जानकारी दिनुभयो ।
उहाँले, नेपालीलाई भने भारतीय प्रहरीलाई नबुझाउने बताउनुभयो । भारतमै रहेका दुई जना नेपालीहरु र पाँच जना प्रहरी बुधबार बेलुकी शैलश्वरी घुम्न जाने भन्दै धनगढीबाट गाडी बुक गरेर डोटी गएका थिए । रातीको ३ बजे लालबहादुरको घरमा पुगेका उनीहरुले छापामार शैलीमा उनलाई पक्राउ गरेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ परेका भारतीय प्रहरीसँग कुनै हतियार नरहेको र वर्दी पनि नभएको नेपाल प्रहरीले जनाएको छ । यसअघि २०७३ साल बैशाखमा पनि डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच भारतीय सुरक्षाकर्मीहरु हतियारसहित पक्राउ परेका थिए । – अन्नपूर्ण पाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ