बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न राष्ट्रपतिको आग्रह

बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न राष्ट्रपतिको आग्रह

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,१८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति भण्डारीले आज बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरे पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न आज पुनः आग्रह गर्नुभयो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी बिहीबार गरेको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ – ‘नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ