निर्वाचन अधिकृतप्रति आक्रोशित हुदै ज्ञवालीले भने : षड्यन्त्रको मतियार नबन्नुस्(भिडियो सहित)

निर्वाचन अधिकृतप्रति आक्रोशित हुदै ज्ञवालीले भने : षड्यन्त्रको मतियार नबन्नुस्(भिडियो सहित)

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चितवन, १८ जेठ ।

नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले भरतपुर महानगरपालिकामा खटिएका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले दोहोरो अभिब्यत्ति दिएको भन्दै आक्रोश पोख्नुभएको छ ।

एमाले चितवनले आज मतगणनालाई निरन्तरता दिन माग सहित जिबिस अस्पताल चोकमा आयोजना गरेको धर्ना कार्यक्रमलाईसम्बोधन गर्दै ज्ञवालीले षड्यन्त्रको मतियार नबन्न मुख्य निर्वाचन अधिकृतलाई चेतावनी दिनुभएको हो ।

‘निर्वाचन अधिकृतले आफू ट्वाइलेट गएको बेला मतपत्र च्यातियो भन्नुहुन्छ, अर्को्तिर मतपत्र कब्जा भयो भनेर प्रतिवेदन लेख्नुभयो’ ज्ञवालीले प्रश्न गर्दै भन्नुभयो , ‘अनि ट्वाइलेट गएको बेला कसरी कब्जा भएको देख्नुभयो तपाईंले ?’

निर्वाचन अधिकृतलाई चेतावनी दिँदै उहाँले भन्नुभयो , ‘षड्यन्त्रको मतियार नबन्नोस् । तपाईं न्यायाधीश, न्यायमूर्ति हो । कुनै पार्टीको प्रवक्ता वा कार्यकर्ताजस्तो भएर बोल्न सुहाउँदैन । त्यो कुरा एमालेका लागि मञ्जुर छैन ।’

भरतपुरको विषय जित, हारको नभएको भन्दै उहाँले लोकतन्त्र रहने हो कि होइन भन्ने प्रश्न भएको बताउनु भयो ।

आइतबार राति एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताबीचको विवादले भरतपुर महानगरमा मतपत्र च्यातिएपछि गणना रोकिएको छ । कांग्रेस र माओवादीले भरतपुरको १९ नम्बर वडामा पुनस् मतदान हुनुपर्ने माग गरेका छन् ।

एमालेले मतगणनाको माग गर्दै जिल्लामा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ भने यही विषयलाई लिएर आज पनि संसद् बैठक समेत चल्न दिएन । भरतपुर महानगर मेयरमा कांग्रेस–माओवादी गठबन्धनबाट रेणु दाहाल र एमालेका देवी ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ