कम्युनिष्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य सहित दुई जना पक्राउ

कम्युनिष्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य सहित दुई जना पक्राउ

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

भोजपुर, १८ जेठ ।

भोजपुरमा नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा बोर्ड लेखेपछि पक्राउ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, आफ्ना कार्यकर्ता पकाउ परेपछि नेपाल कम्युनिस्ट पार्टीले बिनासर्त रिहा गर्न माग गर्दै विज्ञप्ति निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ