प्रधानन्यायाधिश नियुक्तिमा राजनीतिक चलखेल सुरु

प्रधानन्यायाधिश नियुक्तिमा राजनीतिक चलखेल सुरु

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं ,१८ जेठ ।

दलीय आधारमा धुर्वीकृत सर्वोच्च अदालतमा भावी प्रधानन्यायाधिश नियुक्तिलाई लिएर चलखेल सुरु भएको छ । जेठ २४ गते उमेर हदका कारण अवकाश लिन लाग्नुभएका प्रधानन्यायाधिश सुशीला कार्कीपछि वरिष्ठता र परम्पराका आधारमा गोपाल पराजुलीको पात्रता निर्विवाद भएपनि बुधबार उहाँको ‘शैक्षिक योग्यता र उमेर’ मा प्रश्न गर्दै सर्वोच्चमा रिट परेको छ ।

सर्वोच्चमा परेको सार्वजनिक चासोको रिट र सर्वोच्च नेतृत्वले त्यसलाई लिएको अत्याधिक प्राथमिकताले अदालतमा राजनीति प्रवेश गरेको पुष्टी गरेको छ ।

बुधबार राति नै प्रधानन्यायाधिश सुशीला कार्कीको निवासमा पराजुलीलाई कसरी रोक्ने भनी रणनीति तयार गर्न दुईजना पूर्व प्रधानन्यायधिश र प्रधानन्यायधिश कार्की नजिक मानिएका सात जना न्यायाधिश उपस्थित भएको थाहा भएको छ ।

आज बिहीबार सुनुवाईको लागि राखिएको उक्त मुद्वाको इजलासमा प्रधानन्यायाधिश कार्कीको निवासमा रात्री बैठकमा एकत्रित न्यायधिशहरु नयाँ प्रधानन्यायाधिश नियुक्तिको क्रम र परम्परा प्रभावित हुने अड्कल बाजी न्यायक्षेत्रले गरेको छ ।- अन्नपूर्ण पाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ