प्रधानमन्त्री बन्नु अघि देउवा मन्त्री छान्नमा ब्यस्त , आफूलाई सहज हुने व्यक्तिलाई मन्त्रिपिरषदमा लैजाने

प्रधानमन्त्री बन्नु अघि देउवा मन्त्री छान्नमा ब्यस्त , आफूलाई सहज हुने व्यक्तिलाई मन्त्रिपिरषदमा लैजाने

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाणडाै,१८ जेठ ।

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने प्रयासमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनअघि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

त्यसका लागि सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रको कार्यदल नै बनाएकाे छ । त्यसले आगामी सरकारको मन्त्रिपरिषद्मा पहिलो चरणमा क–कसलाई पठाउने भन्नेसहितका विषयमा निर्णय लिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि कांग्रेसबाट विमिलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुन अनन्त सदस्य रहेको चार सदस्यीय कार्यदल बनेको छ । त्यही कार्यदलले बनाएको सहमतिअनुसार सुरुमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी देउवाको रहेको स्रोतले बताएकाे छ ।

सानो आकारमा देउवाजीले आफूलाई काम गर्न सहज हुने व्यक्तिलाई लैजानुहुन्छ । दोस्रो चरणमा मन्त्री पठाउँदा छलफल हुन्छ ।’ स्रोतका अनुसार सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच सकभर वर्तमान सरकारमा रहेका मन्त्री नदोहोर्याउने भन्नेमा मतैक्यता छ ।

‘दोस्रो चरणको निर्वाचनसम्म सानो मन्त्रिपरिषद् मात्रै बनाउने चाहना शेरबहादुरकाे रहेकाले यसबारेमा भोलि (बिहीबार)बाट छलफल हुन्छ ।’

अहिले सत्तागठबन्धनमा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न सकारात्मक छ । देउवाले मंगलबार बोलाएको सर्वदलीय बैठकमा राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, ‘कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बन्ने हो भने दुई दलबीच नीतिगत विषय र व्यावहारिक विषयमा छलफल हुँदा सहमति हुन सक्यो भने त्यो सरकारमा जाने विषयमा हाम्रो सकारात्मक धारणा रहन्छ ।’ संसद्मा राप्रपाको ३७ सिट छ । यो संख्या पनि जोडियो भने देउवाको पक्षमा ३४८ मत पुग्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ