आजदेखि बहुमतीय प्रक्रिया सुरु ,देउवाकाे पक्षामा बहुमत पुग्ने यस्ता छन् सम्भावना

आजदेखि बहुमतीय प्रक्रिया सुरु ,देउवाकाे पक्षामा बहुमत पुग्ने यस्ता छन् सम्भावना

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ,१८ जेठ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न बिहिबारदेखि प्रक्रिया सुरु हुँदैछ । राष्टपति विद्यादेवी भण्डारीले बिहिवार सभामुख ओनसरी घर्तीलाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न पत्र पठाएपछि देउवाले आफू नेतृत्वको सरकार गठन गर्न पहल थाल्नु हुनेछ । सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित गर्न राष्टपति भण्डारीले दिएको सात दिनको समयसीमा बुधबार रातीबाट सकिएको छ ।

संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ ।देउवाका लागि प्रधानमन्त्री हुन आवश्यक बहुमत सत्ता गठबन्धनसँग पर्याप्त देखिन्छ । हाल संसदमा कायम रहेको साँसदको संख्या पाँच सय ९३ छ भने बहुमतका लागि दुई सय ९७ मत आवश्यक पर्नेछ । सत्ता गठबन्धनसँग तीन सय ११ मत छ भने राप्रपाले पनि सरकारमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई सकारात्मक सन्देश दिएको छ । संसदमा राप्रपाको साँसद संख्या ३७ छ । राप्रपा पनि सरकारमा सहभागी भएको अवस्थामा देउवाको पक्षमा तीन सय ४८ साँसद हुनेछन ।

गत साउनमा काँग्रेस र माओवादी केन्द्र वीच भएको समझदारी अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि देउवाका लागि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । आगामी असार १४ गते भन्दा पहिले देउवाले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने एक काँग्रेस नेताले बताए ।

कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपतिबाट बहुमतीय प्रक्रिया थाल्न पत्र पठाएपछि पार्टीले सरकार निर्माणका लागि छलफल गर्ने बताए । वर्तमान सत्तागठबन्धनसँग नै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्न आवश्यक बहुमत रहेकाले पार्टी सभापति देउवा प्रधानमन्त्री बन्ने निधिको भनाइ छ ।

संसदमा कायम रहेको संख्या ५९३
बहुमतका लागि २९७
सत्ता गठबन्धनसँग कायम रहेको संख्या ३११

काँग्रेस २०७
माओवादी केन्द्र ८२
नेपाल लोकतान्त्रिक फोरम १७
नेकपा संयुक्त ३
अखण्ड नेपाल १
समाजवादी जनता पार्टी १
जम्मा ३११

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ