लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्रमा तानिए

लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्रमा तानिए

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

सोलुखुम्बु, १७ जेठ । गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ ।

विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको जनाइएको छ ।

मौसम निकै खराब हुँदाहुँदै पनि सो जहाजलाई अवतरणका लागि अनुमति दिएर लापरवाही गरेको आशङ्कामा कुँवरलाई केन्द्रमा झिकाइएको हो । गोमा एअरको जहाज दुर्घटनाका क्रममा कुँवर विदेश भ्रमणमा रहेको र सो भ्रमणका सम्बन्धमा केन्द्रीय कार्यालयमा जानकारी नभएको बताइएको छ । बच्चुनारायण श्रेष्ठलाई नागरिक उड््ययन प्राधिकरण लुक्लाको प्रमुख तोकिएको छ ।
पछिल्लो समयमा लुक्ला विमानस्थलमा उड्ययन प्राधिकरणको लापरवाही बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । विमानस्थलभित्रै बल खेल्नेदेखि, सामान जथाभावी राख्ने तथा मौसमप्रति सजग नहुनेलगायतका क्रियाकलाप पछिल्ला दिनमा बढ्दै गएको स्थानीयको गुनासो छ । पर्यटकीय सिजनमा लुक्ला विमानस्थल अत्यन्तै व्यस्त रहने गरेको छ ।

शनिबार गोमा एअरको जहाज दुर्घटना हुँदा चालक पारस राई र सह चालक सृजन मानन्धरको ज्यान गएको थियो भने परिचारिका प्रज्ञा महर्जनको राजधानीमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ