काबुल आक्रमणमा पाँच नेपाली घाइते,घाइतेको अवस्थाबारे निरन्तर जानकारी दिन दुतावासलाई निर्देशन

काबुल आक्रमणमा पाँच नेपाली घाइते,घाइतेको अवस्थाबारे निरन्तर जानकारी दिन दुतावासलाई निर्देशन

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा भएको आक्रमणमा पाँच नेपाली घाइते भएको पुष्टी गरेको छ । इश्लामावादस्थित नेपाली राजदूतावासले पाँच नेपाली घाइते भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि सरकारले गरेको छ ।

उक्त आक्रमणमा परी ८० जनाको मृत्यु तथा अन्य ३५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसका साथै राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ।

भारत, जर्मनी, अमेरिका र क्यानाडालगायतको राजदूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको यस ट्रकबम आक्रमणमा परी कम्ती ८० व्यक्तिको मृत्यु हुनको साथै अन्य ३५० भन्दा बढी घाइते भएका छन् ।

विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र कैयौ शवको थुप्रो लागेको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । बिहानको व्यस्त समयमा भएको आत्मघाती बम आक्रमण राजदूतावास र महत्वपूर्ण सरकारी कार्यालयलगायत कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसमेत रहेको इलाकामा भएको छ ।

यस विस्फोटको कुनै पनि समूहले जिम्मेवारी भने लिएका छैनन् र तत्काल विस्फोट के कति कारणले गराइएको हो सो पनि प्रष्ट भएको छैन् ।

बसन्त क्रृतु्मा भीषण आक्रमण गर्ने भन्ने घोषणा गरेर बसेका र सो घोषणाको मध्य अवस्थामा रहेका तालिवान आतङ्ककारी समूहले ट्वीटरमार्फत यस आाक्रमणमा आफ्नु समूहको सहभागीता नभएको र यस आक्रमणको घोर निन्दासमेत गर्दै आफूहरु पन्छिएका छन् ।

भीषण आक्रमणमा परी ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि विरलै मात्र आतङ्ककारी समूहले जिम्मा लिने गरेका छन्। यस्ता आक्रमण तालिवान र इस्लामिस्ट स्टेट्स (आइएस) समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि उनीहरुका हात रहेको अनुमान भने प्रहरीको रहेको छ।

‘दुर्भाग्यबस यस विस्फोटमा मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको कैयौ महिला र बालबालिकासित ३०० सयभन्दा बढी घाइते भएका छन्’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले जानकारी दिएका छन्।

कैयौ घाइतेको अवस्था चिन्ताजनक भएको र भग्नावशेषमा रहेका शव निकाल्न बाँकी रहेका हुनाले मृतक सङ्ख्या लगातार बढ्नेसमेत सरकारी अधिकारीको अनुमान गरेका छन्।

यस विस्फोटको कारण दर्जनौको सङ्ख्या सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएको समाचार उल्लेख गरिएको छ। आफगान स्वास्थ्य मन्त्रालयले काबूलका बासिन्दालाई घाइतेको उपचारको लागि रक्तदानको लागि आह्वान गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ