भरतपुर महानगर १९ नम्बर वडामा फेरि मतदान गर्नुपर्ने कानुनी व्यवस्था

भरतपुर महानगर १९ नम्बर वडामा फेरि मतदान गर्नुपर्ने कानुनी व्यवस्था

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं ,१७ जेठ ।

दलका प्रतिनिधिको विवादपछि मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

भरतपुर महानगरका मेयर उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी–कांग्रेस गठबन्धनकी रेणु दाहालबीच कडा प्रतिस्पर्धा भएको नतिजा आइरहेका बेला आइतबार राति माओवादी र एमालेका प्रतिनिधिको विवादपछि मतपत्र च्यातिएको थियो।

उक्त घटनाको छानबिन गर्न निर्वाचन आयोगले तीन सदस्यीय कार्यदल समेत गठन गरेको थियो। सहन्यायायाधिवक्ता गीताप्रसाद उपाध्याय संयोजक, सहसचिव महेश आचार्य र नेपाल प्रहरीका डीआइजी किरणमान सिंह सदस्य रहेको छानबिन समितिले निर्वाचन आयोगलाई प्रतिवेदन बुझाइसकेको छ। सो प्रतिवेदनका आधारमा निर्वाचन आयोग निर्णय गर्ने चरणमा पुगेको छ।यद्यपी, स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ।

ऐनको दफा ४९ मा उक्त व्यवस्था समेटिएको छ। निर्वाचन ऐन दफा ४९ को (१) मा भनिएको छ, ‘मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको यिन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ।’

ऐनको व्यवस्था अनुसार आइतबार रातिदेखि नै मतगणना स्थगित भएर छानबिन प्रक्रिया समेत सकिएको छ।

४९ कै उपदफमा भनिएको छ, ‘उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्ने छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ