राष्ट्रियताको धज्जी उडाएको भन्दै इलाम बजारमा नेपालको राष्ट्रिय झण्डा

राष्ट्रियताको धज्जी उडाएको भन्दै इलाम बजारमा नेपालको राष्ट्रिय झण्डा

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

इलाम,१७ जेठ ।

इलाम सदरमुकाममा एक युवाले इलामका राजनितिक दलहरुलाई बारम्वार राष्ट्रियता जोगाउन आग्रह गर्दा पनि वेवास्ता गरेपछि  नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।

इलाम नगरपालिका–६ निवासी मुकेश शिवाले दलहरुका नेतालाई राष्ट्रको कुनै मायाँ नभएको आफ्नो दलको मात्र माया भएकोले देशको र राष्ट्रियताको लागि नेपालको राष्ट्रिय झण्डा आफुले चोक बजारमा पाटीको झण्डा भन्दा माथी फहराएको वताए ।

इलाम चोकवजारमा दलहरुले निर्वाचन आचारसहिंताको ख्याल सम्म नगरीकन अाफ्ना ठूला ठूला झण्डाहरु राखेका छन् । कतिपय उम्मेद्वारले शान्ति क्षेत्र उल्लंघन गर्दै विद्यालयमा समेत प्रचारका सामाग्री टास्न भ्याइसकेका छन । निर्वचन कार्यालयको आँखा अगाडी यस्तो गतिविधि हुँदा पनि निर्वाचन कार्यालय मौन वसेको छ । इलामका सार्वजनिक स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघिय समाजवादी लगायतका पार्टीका झण्डाहरु प्रशस्त राखिएको छ ।

यता जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले इलामका सवै राजनितिक दलहरुलाई झन्डा हटाउनमात्र नभइ निर्वाचन प्रचारपसारका लागी भेष्ट, झोला, टोपी जस्ता साँकेतिक सामाग्रीहरु प्रयोग नगर्न पत्रचार गरेपनि अटेर गरेको बताए । निर्वाचन आयोगले गत बैशाख १४ गते क्षेत्रिय निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी सांकेतिक सामाग्रीको प्रयोगमा रोक लगाउन निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ