६ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा अनेरास्ववियुका पूर्वअध्यक्ष पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा अनेरास्ववियुका पूर्वअध्यक्ष पक्राउ

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१७ जेठ,काठमाडौं । एक नाबालिकालाई बलात्कार गर्न खोजेको भन्दै एमाले निकट अनेरास्ववियुका अध्यक्ष प्रहरीको खोरमा पुगेका छन् ।

बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले अशोक पौडेललाई प्रहरीलाई बुझाएका हुन् । पौडेल एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अन्तरगतको पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष समेत हुन् ।

इकाई अध्यक्ष समेत रहेका पौडेलले माछापुच्छ्रे गाउँपालिका–२ की एक बालिकालाई बलात्कार गर्न प्रयास गरिरहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

कास्की प्रहरी प्रमुख घनश्याम आर्चाले पौडेलले बलात्कार प्रयत्न गरेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको बताउँदै जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ