शैक्षिक सत्र २०७३ को आईएमईग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको छनोटको नतिजा सार्वजनिक

शैक्षिक सत्र २०७३ को आईएमईग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको छनोटको नतिजा सार्वजनिक

  • बुधबार, जेष्ठ १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, जेठ १६ ।
राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकलेहिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”सार्वजनिकगरेको छ ।
छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिती रहेको थियो ।
छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी गराउँदै यहीँ नै छात्रवृति पूर्ण नभएपनि यसले दिन खोजेको सन्देश बृहत् रहेको धारणा राख्नुभयो ।
छात्रवृति समितिका सह–संयोजक डेनियल डी. श्रेष्ठ,हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पार्नुभएको थियो ।
उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएकासदर आवेदनका आधारमा एक शैक्षिक सत्रअथवा शैक्षिक सत्र २०७३ का लागिछात्रवृत्ति प्रदान गरिएको हो ।आईएमई लिमिटेड एवम्ग्लोबल आईएमई बैंकबाटव्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाटएक शैक्षिक सत्रका लागिएक सय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्तिप्रदान गरिँदै आएको छ ।
ईच्छुक विद्यार्थीले यी संस्थाका वेब साईटएवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित२०७३ साल कार्तिक३ देखि मंसिर १५ सम्मआवेदन आह्वान गरिएको थियो। फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबलआईएमईबैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरु मार्फत् वा हाम्रो ईमेल ठेगानाबबपबलकजथब२ष्mभचझष्त।अयm।लउमा पठाउन सकिनेब्यवस्था मिलाइएको थियो छ ।आईएमई लिमिटेडएवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजनायी दुवै वित्तीय संस्थाहरुकोसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्दछ ।
निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णयगरी अन्तिम नतिजा आज प्रकाशन गरेको हो ।

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/05/123-Akanshya.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी