काठमाडौं ,जेष्ठ १७।
राष्ट्रिय जनता पार्टी नेपालको सचिवालय बैठक आज बस्दै छ । बैठक बिजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा अपरान्ह बस्ने छ । बैठकमा स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा जाने र नजाने लगायतका बिषयमा छलफल गरिने बताइएको छ ।
सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सारेपछिको अबस्थाबारे छलफल हुनुका साथै पहिलो चरणको आन्दोलनको समीक्षा समेत हुने राजपा नेता मनिस कुमार सुमनले जानकारी दिनुभयो ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति सारेपछि आन्दोलनमा रहेको राजपाले आगामी रणनीतिका विषयमा आन्तरिक छलफल गरिरहेको छ ।
स्थानीय तहको निर्वाचन नै समाधानको पाटो नभएको भन्दै राजपाले संविधान संशोधन हुनु पर्ने अडान कायमै राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline