तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई

तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई

  • मङ्लबार, जेष्ठ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गर्नुभएको छ ।

सो पुरस्कारको राशि जनही रु ५० हजार र साथमा प्रमाणपत्र छ । झन्डै छ दशकदेखि नेपाल भाषामा निबन्ध लेखनमा व्यस्त पत्रकार वज्राचार्यले नेपाल भाषाको ‘भाषा थुवा’ उपाधि प्राप्त गर्नाका साथै गोरखादक्षिण बाहु, दुर्गम सेवा पदक तथा श्री ५ गद्दीआरोहण पदकबाट विभूषित भइसक्नु भएको छ ।

चार दशकदेखि साहित्य सिर्जनामा तल्लीन नेपाल भाषाका पहिलो महिला उपन्यासकार मानन्धरले नेपाल भाषामा सात र नेपाली भाषामा एक उपन्यास, बाल उपन्यास, नाटक लेख्नाका साथै तीन पुस्तक नेपाली भाषामा अनुवाद गर्नुभएको छ ।

‘तेजतीर्थ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनेमा पत्रकार चन्द्रकिशोर झा र रमा लुइँटेल हुनुहुन्छ । उहाँहरुले जनही रु ५० हजार र प्रमाणपत्र पाउनुभएको छ । लोकतन्त्र र शान्तिका लागि मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त्त पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख र साथमा प्रमाणपत्र छ ।

पुरस्कार प्रदान गर्ने तेज–तीर्थ ट्रस्टका अध्यक्ष तीर्थराम डङ्गोल हुनुहुन्छ । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले देशका सबै भाषा, जाति तथा समुदायको विकास भए मात्र गणतन्त्र मनाउनुको सार्थकता हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी