हानका पूर्वअध्यक्ष बिके श्रेष्ठको निधन

हानका पूर्वअध्यक्ष बिके श्रेष्ठको निधन

  • मङ्लबार, जेष्ठ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ १६ जेठ ।

वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा मंगलबार निधन भएको छ ।

अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको मंगलबार बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिए । र्‍याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गरेका छन् ।

हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलको व्यावसायिकीकरण गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी सन् २०१४ देखि २०१६ सम्म हानको अध्यक्ष थिए । श्रेष्ठका श्रीमती र तीन छोरी छन् । मंगलबार नै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ