काठमाडौ १६ जेठ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा रोकीराखेको स्काभेटरमा आगलागी भएको छ । फुङलिङ नगरपालिका ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान करिब तिन बजे आगलागि भएको हो ।
वेलुका काम सकेर राखेको स्काभेटरमा विहान अचानक आगो लागेकाले के कारणले आगो लागेको भन्ने बारे खुल्न नसकेको प्रहरीले बताएको छ ।
आगोलाई फुङलिङ नगरपालिकाको दमकलका साथै प्रहरि चौकी मेवाखा र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको छ ।
आगलागिबाट मानविय क्षति भने नभएको ताप्लेजुङ प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline