निर्वाचन कार्यतालिका परिवर्तनमा जुट्दै आयोग

निर्वाचन कार्यतालिका परिवर्तनमा जुट्दै आयोग

  • मङ्लबार, जेष्ठ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १६ जेठ ।
जेठ ३१ गतेका लागि तय दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते सार्ने सरकारको निर्णयपछि निर्वाचन आयोग कार्यतालिका परिवर्तनको गृहकार्यमा जुटेको छ ।

यसअघि घोषणा गरिएको मिति सार्दै हिजो बसेको मन्त्रीपरिषद बैठकले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो ।

यद्यपी मन्त्री परिषद बैठकको निर्णय आयोगलाई प्राप्त भईनसकेकाले नयाँ कार्यातालिका निर्माण गर्न भने नसकेको आयोगका सहसचिव एवम् प्रवक्ता सुर्य प्रसाद शर्माले बताउनुभयो ।

सरकारबाट मन्त्रीपरिषद बैठकको निर्णय प्राप्त हुनासाथ आयोगको बैठक बसेर नयाँ कार्यतालिका निर्माण गर्ने शर्माले बताउनुभएको छ । जिल्ला र स्थानीय निकायमा स्थापना भएका निर्वाचन कार्यालयले भने आफ्नो काम जारी राख्ने आयोगले जनाएको छ ।

पुरानो कार्यतालिका अनुसार आगामी १९ गते उम्मेद्धवारी मनोनयन गर्नुपर्ने थियो । अब सो कार्यतालिका केहि पछि सर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ