दाङमा पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा

दाङमा पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा

  • मङ्लबार, जेष्ठ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

दाङ, १६ जेठ । दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिपर्धामा उत्रिएका छन् ।

नेपाली काँग्रेसबाट तीनजना र नेकपा (एमाले) बाट दुईजना गरी पाँचजना पत्रकार आगामी निर्वाचनका लागि उम्मेदवार बन्ने भएका हुन् ।

रेडियो सञ्जिवनीमा कार्यरत पत्रकार सुवास डिसीलाई नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य, रेडियो तुलसीपुरमा कार्यरत पत्रकार प्रकाश डाँगीलाई दंगीशरण गाउँपालिका–२ को सदस्यमा काँग्रेसले उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–५ को वडा सदस्यमा काँग्रेसले सुरेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । श्रेष्ठ न्यूज २४ टिभीका जिल्ला संवाददाता हुनुहुन्छ ।

त्यसैगरी, एमालेले भीमकान्त बस्याल (सङ्गीत)लाई तुलसीपुर उपमहानगरपालिका–९ को वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । उहाँ यसअघि रेडियो प्रकृति एफएमका स्टेसन मेनेजर हुनुहुन्थ्यो ।

यस्तै, एमालेले रेडियो प्रकृतिमै कार्यरत दुजमान भण्डारी (वर्षात)लाई तुलसीपुर उपमहानगरपालिका–६ बाट वडा सदस्य पदको उम्मेदवार बनाउने भएको छ ।

राजनीतिक दलले उम्मेदवार बनाएका सबै पत्रकार आआफ्नो प्रचारप्रसारमा व्यस्त छन् । उनीहरु मतदाताको घरघरमा पुगेर मतदातासँग आआफ्नो पक्षमा मत माग्दै घरदैलो गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ