चाँगुनारायण–८ मा एमालेको समूह विजयी

चाँगुनारायण–८ मा एमालेको समूह विजयी

  • मङ्लबार, जेष्ठ १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, १६ जेठ । चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ ।

वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

यता नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले छ हजार ३९७ मत र उपप्रमुखमा सरु बाँनियाले छ हजार ९६५ मतले पछ्याउनु भएको छ ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले चार हजार ९८१ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत ल्याएर ल्याउनुभएको छ ।

नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरी प्रतिस्पर्धामा रहनुभएको छ ।

अन्तिम वडाका रुपमा रहेको ९ नम्बर वडाको मतगणना हिजो राति ९ बजेदेखि सुरु भएको छ भने आज बिहानसम्ममा यस नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक हुने निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ