पूर्वाधार विकास बैंक स्थापना गरिने,स्थानीय तहमा वाणिज्य बैंकका शाखा 

पूर्वाधार विकास बैंक स्थापना गरिने,स्थानीय तहमा वाणिज्य बैंकका शाखा 

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १५ जेठ । आगामी आवभित्र स्वदेशी तथा विदेशी बैंकको सहयोगमा पूर्वाधार विकास बैंक स्थापना गरिने भएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासमा निजी क्षेत्र तथा विदेशी लगानी अभिवृद्धि गर्न नयाँ बैंक स्थापना गरिने उल्लेख छ । युवा स्वरोजगार कोष, ग्रामीण स्वावलम्बन कोष, आर्थिक पुनरुद्धार कोषजस्ता समान प्रकृतिका कोषलाई गाभी नयाँ सशक्त र प्रभावकारी संस्था खडा गरिने बजेटमा प्रस्तुत भएको छ ।

वित्तीय क्षेत्र विकास रणनीतिलाई कार्यान्वयनमा ल्याई सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र बैंक तथा वित्तीय संस्थालाई सूचनाप्रविधि मैत्री बनाइने प्रतिबद्धता बजेटमा छ । त्यसैगरी पुँजी निर्माणमा स्वदेशी लगानी वृद्धिका लागि नागरिकलाई बचत गर्न वित्तीय साक्षरता अघि बढाइने र द्वन्द्वका समयमा विस्थापित बैंक शाखालाई पुनः स्थापना गर्ने बजेटमा उल्लेख छ ।

सरकारले प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा एक वाणिज्य बैंक स्थापना गर्ने भएको छ । स्थानीय तहको सञ्चित कोष खाता वाणिज्य बैंकमा रहने र यसको विद्युतीय सूचना महालेखा नियन्त्रणमा कार्यालयमा हुने व्यवस्था मिलाइने छ । उत्पादनशील क्षेत्रमा प्रवाह हुने पुनःकर्जाको सुविधालाई प्रभावकारी बनाई कृषि क्षेत्रमा सहुलियत दरमा प्रदान गर्ने कर्जाको प्रक्रियालाई सरल बनाई किसानको पहुँच वृद्धि गरिने बजेटमा उल्लेख छ ।

आगामी आवमा बिमाको विस्तार, पुँजी बजारको विकास र स्थायित्वका लागि नीतिगत तथा संस्थागत व्यवस्था गरिने बजेटमा उल्लेख छ । त्यसैगरी राज्यकोषबाट हुने तलब भत्तालगायत सबै सरकारी भुक्तानी बैंक खाताबाटै गरिने र अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी इपेमेन्टका माध्यमबाट गरिने व्यवस्था गरिने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी