कर नै राजस्वको मूल स्रोत हुने

कर नै राजस्वको मूल स्रोत हुने

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ १५ जेठ । सरकारले आज सदनमा प्रस्तुत गरेको आव २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उद्यमी व्यवासायीले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले स्थानीय तहको विकास निर्माणका लागि पर्याप्त बजेट विनियोजन हुनु स्वागतयोग्य छ भन्दै स्थानीय तहमा प्रवाह हुने बजेटबाट विकासनिर्माणका आयोजना बन्ने र पुँजीगत खर्च बढ्ने हुनाले बजेटका उद्देश्य प्राप्ति हुनेमा आफू आशावादी रहेको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना निर्माणसँगै उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि बजेटमा गरिएको व्यवस्थाको सराहना गर्दै उहाँले कार्यान्वयन पक्ष पनि सुदृढ र सबल हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजेट कार्यान्वयनका निम्ति स्रोतको स्पष्ट व्यवस्था बजेटमा नभएकाले कर नै राजस्वको मूल स्रोत हुने विश्लेषण सुनाउँदै उहाँले आय स्रोत वृद्धिका क्षेत्र बढाउनुपर्ने औँल्याउनुभयो ।

ग्रील तथा स्टिल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष मोहन कटुवालले बजेट कार्यान्वयनमा सम्बद्ध सबै पक्षले इमान्दारी देखाउनुपर्ने बताउनुभयो ।

नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले बजेट सन्तुलित भए पनि सङ्घका केही माग आचारसंहिताका कारण बजेटमा समेटिन नसकिए पनि भविष्यमा राज्यले तिनलाई समेट्नेमा सङ्घ आशावादी रहेको बताउनुभयो । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठले भन्सार दरमा परिवर्तन नहुनु स्वागतयोग्य रहेको बताउँदै राजस्वको दर होइन त्यसको दायरा वृद्धि गर्नुपर्छ भन्नुभयो । उहाँले समग्रमा उद्योग प्रोत्साहन गर्ने किसिमको बजेट आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “२० वर्षे पुराना सवारी साधन हटाउने आयुको मापदण्डभन्दा सवारी साधन प्रदूषणमुक्त र सेवा दिन उपयुक्त छ ÷छैन भन्ने निक्र्योल गर्न आवश्यक छ ।”

युवा उद्यमी निर्वाण चौधरी समग्रमा बजेट सन्तुलित रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडक यातायात, जलविद्युत् जस्ता भौतिक पूर्वाधारका साथै सामाजिक सुरक्षाका क्षेत्रमा बजेटमार्फत दिइएको प्राथमिकता स्वागतयोग्य छन् ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी