छिमेकीसँग समदूरीको सम्बन्ध कायम गर्दै आर्थिक विकासमा अग्रसर

छिमेकीसँग समदूरीको सम्बन्ध कायम गर्दै आर्थिक विकासमा अग्रसर

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १५ जेठ । सरकारले चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्दै आर्थिक विकासको बाटामा मुलुकलाई अग्रसर तुल्याउन नीति अङ्गीकार गर्ने भएको छ ।

आगामी आवका लागि आज सार्वजनिक भएको बजेटमा सरकारले दुई छिमेकी मुलुकले हासिल गरेको आर्थिक वृद्धिबाट मुलुकलाई लाभान्वित तुल्याउन आवश्यक नीति अवलम्बन गरिने उल्लेख छ । परराष्ट्र सम्बन्धलाई प्रभावकारी बनाउँदै विश्व रङ्गमञ्चमा नेपालको उपस्थिति सारपूर्ण बनाउने तथा विदेशस्थित नेपाली नियोगलाई आर्थिक–श्रम –पर्यटन र व्यापार कूटनीति सञ्चालन गर्न क्षमतावान् बनाउने नीति अपनाइने भएको छ ।

त्यसैगरी देशको आर्थिक विकासका लागि विश्वका विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण तथा प्रविधिका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति तयार गरिने तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता, राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा परिचालन गरिने भएको छ ।

सङ्घीयता अनुकूल हुने गरी विकास सहायता नीति परिमार्जन, स्थानीय तह र प्रदेशमा अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने प्रक्रिया निर्धारण गर्ने तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारले तोकेको क्षेत्र र स्थानमा पारदर्शी रुपमा काम गर्ने व्यवस्थामा कडाइ गर्ने र सम्बन्धित स्थानीय तहले अन्तर्राष्ट्रिय संस्थाको कार्यक्रमको अनुगमन गर्ने नीति पनि बजेटमार्फत सार्वजनिक गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ