रेनो नेपालद्धारा नयाँ लजी स्टेपवे रेन्ज अनावरण

रेनो नेपालद्धारा नयाँ लजी स्टेपवे रेन्ज अनावरण

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं । नेपालमा रेनो अटोमोटिभको (Renault automotive) आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले  रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन,  स्पेस ,कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्दछ । नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडि नेपाली बजारमा प्रारम्भिक मूल्य रु ३९,९५,००० सहित सार्वजनिक गरियो ।
न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस (PS) र ११० पीएसमा (PS) उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण ( ७ र ८ सीट अप्सनमामा उपलब्ध छ । लजी स्टेपवे  ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइट (Planet Grey, Royal Orchid, Slate Grey, Fiery Red, Moonlight Silver and Pearl White) मा उपलब्ध छन् ।
एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिन्छन, उनीहरुलाई सम्बोधन गर्दछ । यो लाइनमा रेनोले आकर्षक स्थान बनाएको घोषणा गरेको छ । जसले एसयूभीको जस्तो यात्रा तथा संचालन, शक्ति, सस्पेन्सन तथा ग्राउण्ड क्लियरेन्सको अनुभव दिँदै लागत न्यूनिकरण गर्न अधिक माइलेज, न्यून मर्मत खर्च, सुपरियर ड्राइभ परफरमेन्सप्रदान गर्दछ ।


भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले  यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिन्छन् । कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट सोहि किसिमको प्रतिकृया प्राप्त गर्ने अपेक्षा राखेको छ ।

सुरक्षामा बिना कुनै सम्झौता
रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो । कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनोल्टका गाडिहरु उपलब्ध छन् । कयौं सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवे  सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर,  लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो उच्च श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।
रेनो ग्रूपको बारेमा रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ ।

आज यो अन्तर्राष्ट्रिय बहुदेशिय ब्राण्ड भएको छ, सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ, यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन, र १,२०,००० भन्दा बढि मानिसहरुलाई रोजगारी प्रदान गरिरहेको छ । भविश्यका प्रमुख प्राविधिक चुनौतीहरु पुरा गर्न र निरन्तर लाभदायक विकासको रणनीति, समूहले यसको अन्तर्राष्ट्रिय विकास र यसका तीन पुरक ब्राण्डहरु, रेनो, डासिया र रेनोल्ट सामसंग मोटर्स, इलेक्ट्रिक गाडिहरु, निसानसँगको  गठबन्धन, तथा ड्यामलर र एभटोभाजसँगको यसको भागीदारीमा अगाडि बढाईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी