हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउन थाले

हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउन थाले

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं,१५ जेठ ।

जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा आयोजना हुन गइरहेको हिमालयन ट्राभल मार्टमा सहभागिहरु आउने क्रम शुरु भएको छ । बिभिन्न देशबाट करीब १ सय जना सहभागिहरुको आगमन भइसकेको छ । यस मार्टमा बेलायत,अमेरिका,भारत,दक्षिण अमेरकिा,चीन, सिगापुर,श्रीलंका,कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् ।

ब्लगरहरु, क्रेताहरु,बिक्रेताहरु नेपालको कला,संस्कृति,प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती,चितवन,पोखरा,लुम्बिनी भ्रमणमा निस्की सकेका छन् ।

बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनस“गै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ । यस मार्टमा ९३ जना ब्लगरहरु, ७० जना क्रेताहरु, ४५ जना बिक्रेताहरु र प्रख्यात बक्ताहरुको सहभागिता रहने छ ।

महाबिनाशकारी भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । नेपालमा अन्र्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोशे ढुंगा हुने पर्यटन बिज्ञहरुले आशा गरेका छन् ।

यस मार्टको होस्ट नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ । पर्यटनस“ग आबद्ध सबै संघ संस्थाहरुले आबद्धता जनाइसकेका छन् । यस मार्टमा ब्लगर र मिडियाको सम्मेलन र क्रेता र बिक्रेताबीचको सम्मेलनका आर्कषक पक्ष हुने छन् ।

हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको प्रोडक्टलाई बिश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने पाटाका अध्यक्ष सुमन पाण्डे बताए । नेपाल हिमालयको प्रबेशद्धार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानकारी दिउका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी