हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र कायम गर्न सकिने

हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र कायम गर्न सकिने

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई चारैतिरबाट घेराबन्दी गरिएकाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेको बताउनुभएको छ ।

पार्टीको २८औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीभित्रको आन्तरिक कमजोरीलाई सुधार गरी दोस्रो चरणको चुनावमा पार्टीको आदर्श तथा सिद्धान्तका साथै स्थानीय विकास निर्माणका बारेमा जनतालाई बुझाएर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानले कुनै पनि विचारलाई निषेध नगरेको बताउँदै देशमा शान्तिपूर्ण बाटोबाट हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र कायम गर्न सकिने दृढता व्यक्त गर्नुभयो । अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो, “निषेधको राजनीति कसैले पनि गर्नु हुँदैन, मधेस केन्द्रित दललाई विश्वासमा लिएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनुपर्दछ ।” पछिल्लो पटक ल्याइएको संविधान संशोधन राष्ट्रको हितमा रहेकाले आफ्ना दलले त्यसका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दल एकताबद्ध भई अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै अबको निर्वाचनमा पार्टीले राजनीतिक गतिविधि तीव्र रुपमा सञ्चालन गरी जनतालाई आकर्षित गर्नुपर्ने बताउनुभयो । यसअघि चाबहिलस्थित पार्टी कार्यालयमा पार्टीको झन्डोत्तोलन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ