चितवनका एसपी थापाले रेणु दाहालका प्रतिनिधिलाई ‘बाँदर’ भनेपछि …..

चितवनका एसपी थापाले रेणु दाहालका प्रतिनिधिलाई ‘बाँदर’ भनेपछि …..

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१५ जेठ,चितवन । चितवन प्रहरी प्रमुख दीपक थापाले माओवादी केन्द्रका नेताहरुलाई बाँदर भनेका छन् ।

प्रहरी उपरीक्षक (एसपी) थापाले अाइतबार राति मत च्यातिएको विषयमा एक अनलाइनमा प्रतिक्रिया दिँदै वाईसीएल माओवादी केन्द्रका नेता तथा मेयरकी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेका हुन् ।

एसपी थापाले तल्लोस्तरमा झरेर न्यौपाने र सिवाकोटी बाँधर झैं मतपत्र च्यात्न गएको बताएका छन् । त्यतिबेला कभर्ड हलमा सौहार्दपूर्ण वातावरणमा मतगणना भइरहँदा थापाले बताए । मत गणनामा अाफू र डीएसपीसहित ३३ जना रहेको बताउँदै थापाले एउटा समूहमा सामान्य विवादकै बीच मतपत्र च्यातेको अारोप लगाएका छन् । उनले ४-५ मत च्यातेको बताए ।

एसपी थापाले विवाद सुरु हुनसाथ त्यसतर्फ जान खोज्दा अाफूले सम्झाएको बताउँदै दुबै जनालाई नियन्त्रणमा लिएको बताए । उनले मत गणनास्थलमा उम्मेदवारका प्रतिनिधि बाहेक अरु कोही नभएको समेत जानकारी दिएका छन् ।

गनेर नतिजा सार्वजनिक भइसकेका मतपत्र पनि माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँसेर मत गणना स्थगित गरेको छ ।

वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ