नेपालमै उत्पादित जीवनजल आजबाट बिक्री वितरण सुरु

नेपालमै उत्पादित जीवनजल आजबाट बिक्री वितरण सुरु

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

धनगढी, १५ जेठ ।
नेपाल औषधि लिमिटेडले उत्पादन गरेको जीवनजल आजदेखि ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ ।
गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको को उपचारका लागी उत्पादित जिवनजल पहिलो चरणमा साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले बताउनु भयो ।
आज पत्रकार सम्मेलन गरी कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको महाप्रबन्धक सुवेदीले बताउनुभयो ।
कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री मुल्य नौ रुपैया कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य रु १० रहेको जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो ।
उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताउनुभयो ।
लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ ।
विसं २०४०मा शाही औषधि लिमिटेडका नाममा स्थापना भएको यो कम्पनीको नाम परिवर्तन गरी हाल नेपाल औषधि लिमिटेड राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी