कडा सुरक्षाकाबीच हत्कडीसहित जेल तोडेका रावल मेयरको उम्मेदवार

कडा सुरक्षाकाबीच हत्कडीसहित जेल तोडेका रावल मेयरको उम्मेदवार

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

१५ जेठ,अछाम । स्थानीय तहको दोस्रो चरणको चुनावको लागि माओवादी केन्द्रले अछामका धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्रस्तावित पञ्चदेवल-विनायक नगरपालिकाको मेयरमा अक्कल रावल ‘शसक्त’ चुनावी मैदानमा उत्रेका छन् ।

मेयरका उम्मेदवार शसक्त यो ठाउँको लागि नयाँ नाम होइन । उनले जनयुद्धको क्रममा जेल तोड्नेदेखि अछाम जिल्लाको पहिलो जनसरकार प्रमुखको जिम्मेवारी समेत पूरा गरिसकेका छन् ।

अछाममा जनयुद्धको प्रभावसँगै २०५४ सालमा सेल कमिटीमा संगठित भएका शसक्त अध्ययनको क्रममा २०५६ फागुन १८ गते सुर्खेतबाट गिरफ्तार परे । त्यतिबेला उनी अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला कमिटी सदस्य थिए ।

जेललाई पनि वर्ग संघर्षकै मोर्चाको रुपमा परिणत गर्दै शसक्तले २०५७ चैत्र ८ गते हत्कडीसहित जेल तोडे । प्रहरीको बीच घेरामा हत्कडी लगाएर राखिएका शसक्तले फिल्मी शैलीमा भागेका थिए । उनका सहकर्मीहरुले पनि पछी सुरुङ खनेर ‘जेलब्रेक’ गरेका थिए ।

 

हत्कडीसहित जेल तोडेका शसक्त सिधै पार्टीको सम्पर्कमा पुगेर पुनः अखिल क्रान्तिकारीको सु्र्खेत जिल्लाको संयोजक भएर जिम्मेवारी समालेका थिए ।

जनयुद्ध घनिभूत बन्दै गएसँगै सशक्त अछाममै फर्किए । एरिया हुँदै जिल्ला जनसरकारको पहिलो प्रमुख भएर जनताको सेवा गरे ।

युद्धको प्रतिकुलताका कारण सरकार प्रमुख हुँदा जनताको लागि गर्न नसकेका काम पूरा गर्न अाफूले मेयरमा उम्मेदवारी दिएको शसक्त बताउँछन् । ‘जनयुद्धमा हामीले जनताको लागि राम्रा कामको सुरुवात गरेका थियौं, युद्ध प्रतिकुलताका कारण चाहेजस्तो गर्न सकेनौं तर अहिले वैधानिक रुपमा त्यो पूरा गर्ने बाचा गरेको छु’ शसक्तले अनलाइन डबलीसँग भने । उनले जनयद्धको क्रममा भएका कमजोरीलाई शिक्षाको रुपमा लिँदै सबैलाई समेटेर अाफ्नो क्षेत्रका जनतालाई अाधारभूत अावश्यकताका साथै विकास गर्ने बताए ।

यो नगरपालिकाका अन्य उम्मेदवार भन्दा शसक्त बलिया उम्मेदवारको रुपमा लिइएको छ । एमालेले विनायकका नन्दबहादुर कडायतलाई उम्मेदवारी दिएको छ भने काँग्रेसले टुंगो लगाएको छैन ।

जनयुद्धका अाधार क्षेत्र मानिएका कालेकाँडा, बारला,पुल्लेतोला, तोली, लयटी, कुइँकाको अाधा गाविससहित यो नगरपालिका बनेको छ । त्यस्तै कालिकास्थान र विनायकबाट पनि पहिलो संविधान सभा निर्वाचनमा माओवादीलाई बढी मत खसेका ठाउँ हुन् । यी गाविसलाई नै यो नगरपालिकाका वडा मानिएको छ ।

त्यसैगरी नगरपालिकाका मुकाम राख्ने विषयमा पनि राजनीतिक पार्टीबीच विवाद जारी नै छ । काँग्रेस-एमालेका नेताहरुले विनायकमा राख्नु पर्ने निर्णय गर्न लाग्दा शसक्तले असहमति जनाउँदै निर्णय हुन दिएनन् । मुकाम राख्ने जिम्मा निर्वाचन जनप्रतिनिधलाई जिम्मा दिइएको छ ।

विनायक,कालिकास्थान र कुइकाका घर भएका काँग्रेस-एमालेका नेताहरुले विनायकमै राख्नु पर्ने बताएका छन् भने कालेकाँडा, बारला,पुल्लेतोला, तोली, लयटीले रेम्नेकोटमा मुकाम राख्नु पर्ने दाबी गर्दै अाएका छन् । यसको नेतृत्व शसक्तले नै गरेका छन् । यो क्षेत्रका एमाले-काँग्रेसका नेताको पनि उनलाई साथ छ ।

अाफूले जिते जनताकै सहमतिमा र बहुमत जनतालाई सजिलोलाई अाधार बनाएर मुकामबारे निर्णय गर्ने शसक्तको तर्क छ ।

अछाममा एमाले र काँग्रेसमा केन्द्रीय राजनीतिको नेतृत्व गर्ने नेताहरु भएपनि यो नगरपालिकामा जिल्ला स्तरका नेता उम्मेदवार बनेका छन् भने शसक्त माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् । त्यसैगरी रावलको जति राजनीतिक संघर्ष पनि पूरा गरेका छैनन् ।

पुल्लेतोला स्थायी घर भएका शसक्तले अाफ्नो ठाउँ र जनताको लागि ज्यानको बाजी थापेर राजनीतिमा लागेको बताउँदै अाफ्नो निजि स्वार्थ नभएको बताए । उनले अाफ्नो बाँकी जीवन जनतालाई नै सुम्पेका कारण जित्ने दाबी गरेका छन् ।

युवा जोस जागर भएका रावललाई जिल्लामै राम्रो भाषण गर्न सक्ने नेताको रुपमा लिइन्छ । त्यसैले पनि युवाहरु समर्थन रावललाई देखिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ