सबै राजनीतिक दलबीच सहमति र सहकार्यको विकल्प छैन : उपराष्ट्रपति

सबै राजनीतिक दलबीच सहमति र सहकार्यको विकल्प छैन : उपराष्ट्रपति

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण शासकीय अधिकार सार्वभौमसत्ता सम्पन्न जनतामा आउने गरी जननिर्वाचित पहिलो संविधानसभाले निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको आजकै दिन ऐतिहासिक दिन हो भन्नुभएको छ ।

गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२÷०६३को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपति पुनले सङ्घर्षका क्रममा घाइते भएका सम्पूर्ण योद्धाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सन्देशमा उहाँले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका नागरिकप्रति हार्दिक सम्मान व्यक्त गर्दै उहाँहरुको अवस्था सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास लिनुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था गणतन्त्रसँगै नेपाली जनताले प्राप्त गरेका प्रमुख राजनीतिक उपलब्धि हुन् । यसबीचमा स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएसँगै नयाँ संविधानमा संस्थागत राजनीतिक उपलब्धि व्यवहारमा देखिदै गएका छन् ।

गणतान्त्रिक शासन व्यवस्थामा जनताले आफ्नो शासन आफै गर्ने प्रमाणित गर्ने गरी बनेका स्थानीय तहहरु शक्तिशाली छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचन पनि उत्सवको रुपमा सम्पन्न गर्न आमनेपालीमा गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास लिएको छु ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ