भरतपुरको मतगणना सुचारु गराउन निर्वाचन आयोग आकस्मिक छलफलमा

भरतपुरको मतगणना सुचारु गराउन निर्वाचन आयोग आकस्मिक छलफलमा

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं ,१५ जेठ ।

गएरातिदेखि स्थगित भएकाे  भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउने विषयमा निर्वाचन आयोगले आकस्मिक बैठक बाेलाएकाे छ । अाज विहान ९ बजे आयोगको कार्यालय कान्तिपथमा बस्ने बैठकले के गर्ने भन्ने विषयमा निर्णय गर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारु गर्न आकस्मिक बैठक बस्न लागेको बताउनुभयो । केहीबेरपछि बैठक बस्ने बैठकले भरतपुर महानगरपालिकाको प्रतिवेदन हेरेर उपयुक्त निर्णय गर्ने मैनालीले बताउनुभयो । ‘के भएको हो, अब के गर्न सकिन्छ भनेर छलफल गरेर उपयुक्त निर्णय गर्छौ‍’ उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका क्रममा मतपत्र च्यातिएको भन्दै निर्वाचन आयोगको निर्देशन नआएसम्म मतगणना रोक्ने निर्णय गरेको छ ।सचिव मैनालीले भरतपुरको जानकारी पाएलगत्तै बैठक डाकिएको बताउनुभयो । ‘आज गणतन्त्र दिवस परेकाले साथीहरु गणतन्त्र दिवस मनाउन जानुभएको पनि होला तर हामी केहीबेरमै निर्णय गर्छौ‍’ उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ