महिला, छाउपडी प्रथा र रजश्वला -समीक्षा बास्कोटा

महिला, छाउपडी प्रथा र रजश्वला -समीक्षा बास्कोटा

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

रजश्वला वा नछुने हुनु नाम फरक होला तर अर्थ एउटै । शब्द जे सुकै बन्नुहोस, जब भोगाइको कुरा आँउछ, भोगाइ पनि एउटै । मेरो एउटा समकक्षि विधुशी मित्र भाषण गर्दै हुनुहुन्ुथ्यो छाउपडीको बारेमा । भन्दै हुनुहुन्न्थ्यो छाउपडीले पश्चिमका आमा, दिदी ,बहिनीले थुप्रै पिडा भोगी रहनु भएको छ यसको कारण अशिक्षा , अज्ञानता आदि आदि । सुन्दा साँचो लाग्यो । हुन पजि हो । तर मनमा प्रश्न उठियो के यो प्रथा पश्चिममा मात्र छ त ? नाम फरक होला तर यो प्रथा हरेक नेपालीको घर घरको काहानी हो जहाँ १२ वर्षको उमेर पुरा गरेकी छोरी, बहिनीले भोगी रहेका छन् ।

मलाई मेरै कुरा गर्न मन लाग्यो । सायद म १२÷१३ वर्षकी थिए होला जब पहिलो चोटी मलाई महिनावरी भयो। यस बारे मलाई केही सामान्य ज्ञान त थिएन नै, न त घरमा कसैले मलाई सिकाईको थियो न त स्कुलमा । म कक्षा कोठामा बसी राखेको बेला के भयो । कसरी भयो मलाई केही थाहा भएन तर म बसिरहेको ठाँउबाट उठ्दा मेरो पछि बस्ने केटा साथीहरु हास्न थालिसकेका थिए । पहिला त किन हाँसि रहेका छन् पत्तै पाइन । पछि साथीले तेरो स्कर्टमा दाग छ भन्दा मात्र साथीहरु हाँसेको कारण थाहा पाँए । मलाई डर लाग्यो अनि आँखा भरि आँसु साथै प्रश्न थियो मनमा के भयो मलाई ? के हो यो ? पहिला नै मेरो एक साथी जसलाई केही पहिला महिनावारी शुरु भएको थियो । उनले मलाई मिस भएको ठाँउमा लगिन । मिसले घरमा फोन गरेर विक्रम टेम्पोमा चढाएर घर जाँउ भन्नु भयो । म रुँदै घर आए । घरमा ममिलाई भने पछि सरसफाई गर्न सिकाउनु भयो । ममिले मलाई सबै जानकारी दिनु भयो र भन्नु भयो अब आजको मिति याद गर्नु अब हरेक महिना हुन्छ । ममिले मलाई यो सबै भन्दा मलाई डर लगी रहेको थियो । किन होला मैले मात्र यस्तो भोग्नु पर्ने भन्ने सोची रहेकि थिए । ममिले भन्नु भयो तँलाई मात्र होइन सबै केटीहरुलाई हुन्छ महिनावरी, हरेक महिना । आत्तिनु पर्देन केही हुदैन । अनि म पानि खाने भनी किचनमा जान लागे ममिले अब तँ महिनावरी भएको बेला किचन र पूजा कोठामा नजा है भन्नु भयो । मलाई नराम्रो लग्यो तर चुप लागे ।

पहिलो पटक के के गर्दे मैले २१ दिन किचन र पुजा कोठामा गइन । लामो सास तानेर २२ दिनबाट किचन र पुजा कोठा छिर्न पाँउदा स्वर्ग गए जस्तो मात्र के लागेको थियो अर्को पटकको नि शुरु भई हाल्यो । मलाई रुन मात्र मन लाग्यो चार दिन सम्म डरले स्कुल पनि गइन । पहिलो पटक ममिले यी जानकारी दिनु भन्दा पहिले नै म धरै पिडामा गईसक्के थिए । भोलि कक्षामा कसरी मुख देखाउने होला भन्ने चिन्ता मलाई बढी थियो । मलाई आफुसंग दिक्क लागि सक्केको थियो, हाम्री स्कुलकी मिस संग अनि यो समाजसमाज संग साथै हाम्र पाठयक्रम संग । आठवटा मध्ये एउटा जि. के र अर्को सामाजिक शिक्षा भन्ने पुस्तक पढुनु पर्ने कस्तो राम्रो पुस्तक यस्ता कुराहरु समावेश नै भएको वहाँ । मेरो शरिरमा परिर्वतन भई रहेको थियो र यो सबैमा हुन ेरहेछ तर आफै नभोग्दा सम्म कतैबाट सिक्न वा जान्न पाईएन । कस्तो समाज हो हाम्रो ? कस्तो शिक्षा हो जसले हामीलाई यस्ता सामान्य कुरा पनि बेलैमा सिकाउदैन । यस्ता कुराहरु कक्षाकोठमा सिक्न पाँएको भए अथवा डिनर टेबलमा सामान्य हिसाबले कुरा गर्ने मात्र मौका पाएको भए न त म रुन्थे होला न त मेरा केटा मित्रहरुको अघि हाँसोको पात्र भन्न्थे होला । यो त २०५४ तिरको कुरा हो ।

फेरि आज मेरो मित्रको भाषण सुन्दा यी सबै कुरा याद आईरहेको थियो । महिनावारीको रुपमा आउने यो महिनावरी संगै अहिले सम्म पनि हामी हरेक नेपाली महिलाले यसको अनआवश्यक पिडा भोग्दै आईरहेका छौं । प्राय सबैको घरमा महिनावरी हुदा भान्छामा जान नहुने , पुजा गर्ने नहुने, आपनै परिवारका सदस्यलाई छुन समेत नहुने चलन अहिले पनि व्यापत छ ।किन यस्तो त भन्ने प्रश्न सगै यस्को कारण कसैलाई थाहा छैन । भनियो हुदैन भनेर, अनि हामीले पालना गर्नु पर्ने, प्रश्न नगरी। । यति सम्म कि घरका बृद बृदा तथा बाल बच्चा छन् भने पनि छुट छैन , बरु भोकै राख्न परे त्यो नि ठिक या त कुनै रेस्टुरेन्टबाट अर्डर गरेर ल्याएर खाँदा हुने तर घरमा आमा, दिदी, बहिनी वा बुहारी महिनावरी भएको छ भने उनीहरुले पकाएको नखाने ??? वहाँ रे हाम्रो समाज । होइन, यदि होटलवली साउनीलाई नै महिनावारी भएको रहेछ भने कसरी थाहा हुने रहेछ सबैलाई ? कसले सोधेको छ कहिले साहुनी तँपाईलाई महिनावारी भएको छ कि छैन भनेर । कि घर बाहिरको महिला चाहि महिनावारी हुदै गरेको भएपनि यिनले छोएको चल्ने अनि मैले चोएको मेरै घर भित्र नचल्ने ?? बुझनै सकिएन खोई ।

साना साना बाल बच्चाले कहिले काहिं थाहानै नपाई हामीलाई ठुलो शिक्षा दिन्छन् । कहि दिन अघि म संग नि यस्तो नै भयो । जानी नजानी मेरो चार वर्षको छोराले ठुलो ज्ञान दियो मलाई । कुरा यस्तो छ , मेरो छोरा जो भखरै ४ वर्षको भयो ,आज उसलाई स्कुलबाट कुनै मन्दिर घुमाउन लागेका रहेछन् । बाबुलाई स्कुलबाट घर ल्याएर आँउदै थिए, बाटोमा एउटा सानो मन्दिरमा भगवानको फोटोहरु देखेपछि उसले जुन कुरा स्कुलमा सिकेको रहेछ , तेही अनुसार ढोग्यो अनि मलाई पनि भन्यो, ममा अब तिम्रो पालो । म अवाक भए । के गरौं भया।े जति आधुनिक भए पनि, जति नै आन्तरिक विरोधबाट गुज्रीए पनि कतै न कतै यो मन भित्र त्यस्ता कुरितीले नराम्रोसंग बास त गरेकै रहेछ । अब के गर्ने भयो । किनकी आजसम्म मैले मन्दिरमा नै गएर चाहि ढोगेको थिइन । बाबु मलाई हुदैन भनेँ बाबुले हुन्छ भन्यो । तिमी पनि ढोग भनेर जिद्द गरिरहयो। बाबुको अघि केहि लागेन मैले ढोग।े अनि उसेले टीका लगाइदिया,े मैले लगाए । कुरा सामान्य हो तर मेरो ४ वर्ष छोरोले मलाई ठुलो पाठ सिकायो । सत्य नकुझेको पक्कै होइन मैले , तर मलाई मेरो बाबुले हिम्मत दियो, साहास बटुल्न सिकायो र विरोधलाई व्यवहारमा परिर्वतन गर्न सिकायो ।मलाई कुनै हिन्ताबोध भएको छैन किनकि मैले पाप गरेको होइन । महिनावरी त भगवान आफैले नारी जातिलाई सृष्टी संचालनको लागि दिएको सबै भन्दा ठुलो बरदाना हो । आज मेरो छोराले मलाई भागवानसंग जोडी दियो ।

हामी बुझेर बारी राख्या छौं की नबुझी ? खोई कुन भगवान रिसाउने रहेछन् ?छुदै मा पाप लाग्ने हो भने खोइ कसलाई लागेको छ पाप ? के हो पाप ? पाप कसरी लाग्छरु के हो धर्म ? खै कसलाई थाहा छ ?, भगवानलाई छुनु हुदैन कता लेखेको छ ? कहाँ छन् भगवान ? विविध प्रश्नहरु हफैलार्य सोधीरहेको छु म आज ।

छाउपडी सबै तिर छ । पश्चिममा मात्र किन ? हाम्रै घरमा घरमा छ छाउपडी । भन्छौं पश्चिममा शिक्षका कमी छ । हामी कहाँ छौं र ज्ञानी ? पुरा पूर्व देखि पश्चिम सम्मै, सम्पन्न हुन वा विपन्न शिक्षित भनैदा हुन कि अशिक्षित सबै ठाँउ, र्वग र समुहमा बास पाएको छ, जरा गडेको छ यो छाउपडी मानसिकताले । पहिले मानसिकता सुधारै , प्रथा आफै हटनेछ ।
पश्चिमका दिदि बहिनीहरुलाई यो कुप्रथा बाट जति चाडो मुत्ति दिलाउन जरुरी छ म । त्यो अभियान सबै तिर चलाउन त्यत्तिकै जरुरी छ । शुरुवात आपनै घरबाट ।

तही महिनावरीको कारणबाट नै सृष्टी चलीरहेको छ भने तही महिनावरी कसरी अछुतो हुन्छ। त्सका कारण जन्मेका सान्तान राम्रो र भगवान हुन्छन् भने तही नियमित महिनावारी छाउपडी कसरी हुन्छ। म्हिनावरी शित्रीजातीले पाएको अमूल्य देन हो न त यो छाउपडी न त यो अशुद्ध हो । यो त प्रकृतिले दिएको अमूल्य बरदान हो जसका कारणले सृष्टी चली रहेको छ । यसका लागि त महिलालाई पुजा गनुपर्छ । यो मेलै, हामीले सबै महिलाहरुले पाएको अमूल्य बरदान हो । हो म हेरक महिना राजश्वलाबाट गुज्रिन्छु त्यसैले नै यो सृष्टी चलीरहेको छ र मलाई गर्व लाग्छ ममा भएको शक्ति माथि र यो शक्ती सबैभन्दा पहिले मैले नै इज्जत गर्न सक्नु पर्छ, मैले नै पुजा गर्ने सिक्नु पर्छ । यदि यसो होइन भने अब हेरक देवीको मन्दिरमा हामीले चार वा पाँच कति दिन भन्छ तपाईहरुको नियमले पुजा बन्द गर्नुपर्दछ किनकी देवीहरु प्नि महिलानै ह्ुन र उनीहरु प्नि हेरक महिना अछुत हुन्छन् । यदि रजश्वला हुनु अछुत हो भने देवीहरु पनि यसबाट टाढा छैन ती देवीका मन्दिरलाई पनि चार दिन छाउ गोठमा लाग्नु पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी