१४ जेठ,काठमाडौं । पहिलो चरणको स्थानिय तह निर्वाचनपूर्व पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन रिहा भएका छन् ।
पहिलो चरणको चुनावपूर्व महर्जनलाई ललितपुरबाट गिरफ्तार गरेर हनुमान ढोकामा राखिएको थियो । मंगलबार हाजिर हुने गरी आइतबार महर्जनलाई धरौटीमा रिहा गरेको हो ।
सँगै रहेका अन्य नेता(कार्यकर्तालाई पाँच दिनको म्याद थपेर थुनामै राखेको छ ।
रिहा भैसकेपछि कार्यकर्तामाझ संबोधन गर्दै केन्द्रीय सदस्य महर्जनले पञ्चायतको झल्को आउने गरी गणतन्त्र सरकारले विचार अभिव्यक्तमा प्रतिवन्ध लगाउन खोजेको बताए । उनले भने , वर्तमान सरकाले गणतन्त्रकै खिल्ली उडाएको छ, यसको विकल्प भनेको वैज्ञानिक समाजवाद हो ।’
उनले वैज्ञानिक समाजवादको लागि निरन्तर संघर्षमा लागिरहने प्रतिवद्धता समेत जनाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline