धादिङमा बस दुर्घटना ,  पाँच जनाको मृत्यु /२० यात्रु घाइते

धादिङमा बस दुर्घटना ,  पाँच जनाको मृत्यु /२० यात्रु घाइते

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

धादिङ, १४ जेठ । धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना महिला रहेका छन् ।

स्थानीय गोलाभञ्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग १ ख ३८०५ नंको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएको घाइतेको उद्धारमा संलग्न स्थानीय कुँवेर धरेलले बताउनुभयो । बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

घटनास्थलमा ढिला मात्र प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी