झापा ,१४ जेठ ।
झापाको कचनकवल गाउँ पालिका उपाध्यक्षमा इश्वरिमाया गाइनेको नाम अघि सारिएको छ ।
२ हजार मजदुर कार्यरत मित्तल टि स्टेट पथरियामा २७ बर्षदेखि मजदुरी गर्दै आएकी ४७ बर्षिय गाईनेलाई नेकपा माओवादी केन्द्रले कचनाकवल गाउँपालीकाको उपाध्यक्षमा अघि बढाएको हो । एक महिना अघि नै सार्वजनिक कार्यक्रम गरेर दलित महिला गाईनेको नाम घोषणा गरेको थियो ।
मित्तल टि स्टेटको मजदुर संगठनमा १७ बर्ष सर्वसम्मत नेतृत्वमा रहेर काम गरेको अनुभव उनीसँग छ । माओवादी केन्द्रको संगठनात्मक आधार बलियो रहेको कचनकवल गाउँ पालिकामा विभिन्न बगानमा कम्तिमा ६ हजार चिया मजदुरको संख्या छ ।
लामो समय चिया मजदुरको आन्दोलनमा समर्पित गाइनेको चुनाव जित्ने बलियो आधार छ । कचनकवल गाउँ पालिकामा जम्मा २५ हजार मतदाता रहेका छन्।
गाईनेले आफु एक सामान्य परिवारबाट मजदुरी गर्दै जीवनयापन गर्दै आएको र आफु जस्तै मजदुरहरुको हक अधिकार तथा समस्याहरुसँग नजिकबाट नियालीरहेकाले अब आफुले गाउँपालिकाको प्रमुख भएर त्यसलाई समाधान गर्ने बताउदै आफुलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।