धादिङ ,१४ जेठ । धादिङको निलकण्ठ १० भकारेमा आज यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको ग १ ख ३८०५ नम्बरको बस बस आज अपरान्ह धादिङको निलकण्ठ नगरपालिका वडा नं। १० भकारेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस घुम्तीबाट करिब दुई सय मिटर तल जंगलमा खसेको घटनास्थलबाट नवराज पाठकले जानकारी दिनुभयो ।
दुर्घटना स्थलमा स्थानीयले घाइतेको उद्धार भईरहेको छ । । धादिङबेसीबाट प्रहरी र एम्वुलेन्ससहितको टोली उद्धारको लागि घटनास्थलतर्फ जाँदैछ ।
घटना अप्ठयारो ठाउँमा भएको र रात परेकाले उद्धार गर्न कनिठाई भइरहेको समाचार प्राप्त भएको छ । घटनाबारे विस्तृत आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline