गोमा एयरको विमान दुर्घटना छानबिन गर्न आयोग गठन,एयर होस्टेस प्रज्ञाको स्वास्थ्य स्थिर

गोमा एयरको विमान दुर्घटना छानबिन गर्न आयोग गठन,एयर होस्टेस प्रज्ञाको स्वास्थ्य स्थिर

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, १४ जेठ ।

सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरको आजको निर्णयानुसार आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।

आयोगको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर, सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एयरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ् एयरका वरिष्ठ ईन्जिनियर दीगम्बर राजभण्डारी र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहनुभएको छ ।

दुर्घटनामा परी दिवङ्गत हुनुभएका चालक दलका सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै उक्त दुर्घटनामा परी घाइते हुनुभएकी विमान परिचारिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँबाट लुक्लाका लागि कार्गो उडानमा रहेको गोमा एयरको उडान नं ढल्(ब्पथ –भित द्धज्ञण् को विमान लुक्ला विमानस्थल अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । उक्त विमानमा सवार चालक पारसकुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो । परिचारिका प्रज्ञा महर्जनको राजधानीको धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।महर्जनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रज्ञाको शरीरका विभिन्न भागमा चोट लागेको र उहाँ अर्थचेत अवस्थामा रहेकाले उहाँको स्वास्थ्य अवस्थाबारे २४ घन्टासम्म यसै भन्ने अवस्था नरहेको चिकित्सकले बताएका छन्। प्रज्ञालाई आइतबार बिहान लुक्लाबाट राजधानीको ल्याइएको हो।

२०५२ सालमा कीर्तिपुरमा जन्मिनु भएकी प्रज्ञा सन् २०१५ मा गोमा एयरमा आवद्ध हुनुभएको हो। प्रज्ञालाई शनिबार नै काठमाडौं ल्याउन गरिएको प्रयास मौसम प्रतिकूलताका कारण पटकपटक असफल भएको थियो।

उहाँलाई शनिबार काठमाडौं ल्याउन नसक्दा उहाँको स्वास्थ्य थप जटिल बन्दै गएको चिकित्सकको भनाइ छ। उहाँका शरीरमा चोट लागेका कारण पुरै सुन्निएको छ। चिक्त्सिकले २४ घन्टासम्म भेट्न नमिल्ले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ