काठमाण्डौ, १४ जेठ ।
चालु आर्थिक वर्षमा मुलुककको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ६.९४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। सरकारले आइतबार आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै यो वर्ष जीडीपीको हिस्सा अघिल्लो आर्थिक वर्ष २०५०/५१ यताकै उच्च हो।
गत आवमा आर्थिक वृद्धिदर ०.०१ प्रतिशत रहेको थियो। भूकम्प र नाकाबन्दीका कारण संकुचित भएको अर्थतन्त्र चालु वर्षमा पुर्नउत्थान भएको हो।
सार्वजनिक गरेकाे २०७३ /७४ को आर्थिक सर्वेक्षण अनुसार कृषि क्षेत्रको उत्पादन ५.२९ प्रतिशत र गैर कृषि क्षेत्रको उत्पादन ७.७४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गतवर्ष कृषि ०.०३ र गैरकृषि ०.१६ प्रतिशतले बढेको थियो।
अर्थतन्त्रको आधारमा सेवाक्षेत्रको अंश बढ्दै गएको छ भने कृषिको अंश घट्दै गएको छ। कुल जीडीपीमा उच्च रहदै आएको छ।
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/05/Economic-Survey-2073-74-Final_20170528072812.pdf”]