काठमाडौँ महानगरको मेयरमा एमालेका शाक्य निर्वाचित,उपमेयरमा कांग्रेसकी हरिप्रभा विजयी

काठमाडौँ महानगरको मेयरमा एमालेका शाक्य निर्वाचित,उपमेयरमा कांग्रेसकी हरिप्रभा विजयी

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १४ जेठ ।

काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित हुनुभएको छ ।उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी हुनुभएको छ ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशी भारी मतले पछाडि पार्दै विजय हाशिल गर्नुभएको हो ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत प्राप्त मतले हराउदै काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वा्चित हुनुभयो ।

यद्यपि, अन्तिम परिणाम सार्वजनिक गरिएको छैन् । केही बेरमा औपचारिक घोषणा गरेर मात्रै मत परिणाम सार्वजनिक गरिने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो । आइतबार बिहान सकिएको मत गणनाको अन्तिम परिणाम अनुसार शाक्यले ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ