काठमाण्डौ ,१४ जेठ ।
इस्लाम धर्मावलम्बी मुसलमानको महान पर्व रमजान आजदेखि सुरु भएको छ ।
इस्लामी पात्रो हिजरी संवत्अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्छन् ।
आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा बस्न सुरु हुन्छ ।
इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।
सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि हलुका खानेकुरा तथा मिठाइ खाएर (अवतारिक) रोजा खोल्नुपर्छ । त्याग एवम् समर्पणको यो महिनामा मुसलमानले आफ्नो हैसियतअनुसार दान पनि गर्ने परम्परा छ ।