संसद बैठक आज पनि बस्दै ,नीति तथा कार्यक्रममाथि नै छलफल

संसद बैठक आज पनि बस्दै ,नीति तथा कार्यक्रममाथि नै छलफल

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १४ जेठ । व्यवस्थापिका–संसद्को बैठक आज पनि बस्दै छ ।
नयाँ बानेश्वर स्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा आजको बैठकमा आज पनि आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।

हिजोबाट सुरु भएको छलफलमा भाग लिदै प्रतिपक्षी दलका सांसदहरुले काम चलाउ सरकारले पूर्ण वजेट ल्याउन नहुने बताएका थिए भने सत्तारुढ दलका सांसदले पुरानै कार्यक्रम समेटिएकाले विरोध गर्न नहुने बताएका थिए ।

छलफलमा भाग लिँदै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा कामचलाउ होइन स्थायी सरकारका रुपमा नीति तथा कार्यक्रम आएको आफूहरूले हेर्न चाहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का रामनारायण बिडारीले प्रमुख प्रतिपक्षी दलले संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम वैज्ञानिक रहेको बताउनु भयो । बैठकमा हिजो बोल्न बाकी रहेका सांसदहरुले आज पनि आ आफ्नो धारणा राख्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी