सम्झनामा मात्र गोमा एयरका पाइलट पारस

सम्झनामा मात्र गोमा एयरका पाइलट पारस

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं ,१४ जेठ ।

पाइलट भएर आकाशमा ९ हजार ६ सय ६८ घन्टा उड्दासम्म ४८ वर्षीय पारसकुमार राईलाई केही भएन। तर, शनिबार दिउँसो १:३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो।

विमानको अगाडि भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भए। घाइते पाइलटलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्याइयो तर, चिकित्सकले उनलाई बचाउन सकेनन्। चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौँ।’

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती र दुई सन्तान छन्। ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षा।

सन् १९६९ जनवरीमा राईको जन्म भोजपुरमा भएको थियो। राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध हुनु भएको थियो। उहाँले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नु भएको थियो।

उहाँको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो। अहिलेसम्म उहाँले टुइनटर, डोनियर जहाज उडाइसक्नु भएको थियो। अहिले भने उहाँले एलइटी ४१० उडाइरहनु भएको थियो। लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो। व्यवसायमा इमान्दार र मिनसार राई सबैसँग घुलमिन भएर रमाउन चाहानुहुन्थ्यो।

विमान दुर्घटनामा पाइलटको निधन भएपनि कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन घाइते हुनुहुन्छ। कोपाइलट मानन्धर कलंकी निवासी हुनुहुन्छ। उहाँ सन् २०१५ मा गोमा एयरमा आवद्ध हुनु भएको हो। दुवै जनाकाे लुक्ला अस्पतालमा उपचार भइराखेकाे छ।

एयर होस्टेस प्रज्ञा कीर्तिपुरकी हुनुहुन्छ। उहाँ २०१५ अक्टुरब ११ मा गोमा एयरमा आवद्ध हुनुभएको हो। प्रज्ञाको खुट्टामा चोट लागेको छ।-अन्नपूर्णपाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ