नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

नेपाल–भारतबीच विद्युत् खरिद सम्झौता नवीकरण

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १३ जेठ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।

भारतको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा आज आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम (एनभिभिएम)का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले आज नवीकरण गरिएको हो । सम्झौता नवीकरण गर्न घिसिङ नेतृत्वको टोली शुक्रबार भारत गएको थियो ।

एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय हो । सम्झौता नवीकरणले वर्षामा आयात हुने बिजुलीको परिमाण र अवधि तय गरिएको छ । वर्षामा आयात हुने बिजुलीको पिपिए नवीकरण गर्न प्राधिकरणले वैशाख २१ मा भारतलाई पत्राचार गरेको थियो ।

प्राधिकरणका अनुसार यसअघि यो प्रसारण लाइनबाट विद्युत्को अत्यधिक माग रहेका बेला बढीमा १४५ मेगावाटसम्म आयात गरिएको थियो । अहिले १३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ ।

मुजफ्फरपुर बिन्दुबाट प्राधिकरणले प्रतियुनिट भारु ३.६० पैसा (५.७६ नेपाली रुपैयाँ) मा एनभिभिएनसँग बिजुली खरिद गरिरहेको र आजको सम्झौतामा पनि सोही दर कायम रहेको छ । सो बिन्दुबाट आयात भइरहेको बिजुली अन्य नाकाको भन्दा सस्तो रहेको छ ।

मुजफ्फरपुर सवस्टेसनमा सय एमभिएका दुईवटा ट्रान्सफर्मर जडान गरेर वैकल्पिक रूपमा १३२ केभीमा बिजुली खरिद भइरहेको छ । ढल्केबर सवस्टेसन पूरा भएपछि २२० केभीमा चार्ज गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

थप विषयमा भने आगामी अगस्तमा हुने नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी